बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सरकारी फार्मेसीबाट औसधि बितरण हुने, सर्वसाधारणलाई २ सय प्रतिशत सम्म सस्तो

मंगलबार, कार्तिक २८ २०७४

२८ कात्तिक, काठमाडौं–कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ ।

बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने गरेको निष्कर्षपछि लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव एक उच्च स्तरीय अध्ययन समितिले पेस गरेको हो ।

करिब ६ महिनाअघि स्वास्थ्यमन्त्री गगन थापाको प्रस्तावमा ‘सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिस गर्न’ मन्त्रिपरिषद्द्वारा गठित उच्चस्तरीय समितिले सरकारलाई उक्त सुझावसहितको प्रतिवेदन सोमबार बुझाएको हो ।

प्रतिवेदनअनुसार उक्त औषधि सरकारी अस्पताल प्रयोजनका लागि मात्र भन्ने स्टिकरसमेत प्रयोग गर्नुपर्ने छ । नुन, चिनी तथा रासायनिक मल व्यवस्थापनका लागि स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसनजस्तै छुट्टै संयन्त्र औषधि वितरणका लागि गठन गर्नुपर्ने छ ।, यो खबर आजको कान्तिपुरमा छ ।