बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज नेकपाको रोल्पा बन्द, जनजिवन सम्पूर्ण ठप्प

सोमबार, कार्तिक २७ २०७४

काठमाडौं कात्तिक, २७–
नेपाल कम्युनिष्ट पार्टीले गरेको रोल्पा बन्दको आज रोल्पामा पूर्ण असर पारेको छ । नेकपाको बन्दले आज जिल्लाको वातावरण प्रभावित भएको छ । गत हप्ता नेकपा रोल्पाका इन्चार्ज दलबहादुर खत्री जागृती तथा रोल्पा सेक्रेटरी सन्तोष सुवेदी प्रयासलाई पक्राउ गरेको बिरोधमा उनीहरुको बिनासर्त रिहाईको माग गर्दै नेकापाले रोल्पा जिल्ला बन्द गरेको जनाएको  छ । आज जिल्ला बन्द भएका कारण बिहानैदेखि बजार, शिक्षण संस्था, यातायात, कलकारखाना ठप्प रहेका छन् । त्यस्तै रोल्पाबाट छुट्ने छोंटो तथा लामो दुरीका यातायात समेत सञ्चालनमा आउन नसक्दा  यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । विभिन्न कामले  जिल्ला बाहिरीने तथा भित्रिने नागरिकहरु अलपत्र बनेका छन् भने विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको छ ।