बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माओवादी विरासत तोडेरै छाड्ने अभियानमा रोल्पा कांग्रेस, सुरु गर्यो जिल्लाभर चुनावी अभियान

बुधबार, कार्तिक २२ २०७४

काठमाडौं कात्तिक, २२–
माओवादीको गढ मानिएको रोल्पामा कांग्रेसले आफ्नो गतिबिधि तिव्र रुपमा अघि बढाएको छ । प्रतिनिधिसभाको एउटा तथा प्रदेशसभाका लागि दुईवटा क्षेत्र रहेको रोल्पामा कांग्रेसले सबै स्थानमा सक्रियतालाई तिव्र बनाएको हो । 
रोल्पामा चिसो बढेपनि चुनावी सरगर्मि भने ह्वात्तै बढेको छ । बुधबार प्रदेश नं.१ को  बडाचौरमा कांग्रेसले चुनावी सभा सम्पन्न गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको उक्त चुनावी सभामा रोल्पा कांग्रेसका मुख्य सबै नेताहरुको सहभागिता रहेको थियो । चुनावी कमाण्डर समेत रहेका पूर्व राज्यमन्त्री सुरेन्द्र हमाल, कांग्रेस रोल्पाका पूर्व सभापति माधव प्रसाद आचार्य, पूर्व सांसद लेखनाथ आचार्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमरसिंह पुन लगायतले चुनावी सभालाई सम्बोधन गरेका थिए । 
क्षेत्र नं. २ को  आजै दुईखोलीमा  खगेन्द्रप्रकाश हमाल सहित बिभिन्न नेता तथा कार्यकर्ताहरु पुग्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसले प्रचार प्रसारका गतिविधि बढाएसंगै स्थानीय मतदाताहरुमा  उत्साह जागेको छ । 

 २०७० सालको संविधान सभा  निर्वाचनमा भन्दा गत स्थानीय तहको निर्वाचनमा रोल्पमा नेपाली कांग्रेसको पक्षमा हजारौं मत बृद्धि हुनुले नेपाली कांग्रेसलाई सकारात्मक सन्देश दिएको नेताहरुले बताएका छन् ।
गुट उपगुटमा अल्झिएको रोलपा कांग्रेसमा पछिल्लो समयमा भने राम्रो एकता देखिएको छ । नेताहरुको एकताले कायृकर्तामा उमंग छाएको समेत देखिन्छ । ७० सालको तुलनामा गएको स्थानिय निर्वाचनमा मत संख्या निकै बढेपछि कांग्रेसका नेता कार्यकर्तामा उतसाह समेत थपिएको छ । यो निर्वाचनमा उनीहरु जित हाँसिल गर्ने लक्षका साथ अघि बढेको नेता कार्यकर्ताहरुले बताउने गर्छन । 

प्रतिनिधिसभा तर्फ १ मात्र क्षेत्र रहेको रोल्पामा कांग्रेसले सिंचाई राज्यमन्त्री एवं रोल्पा कांग्रेसका सभापति समेत रहेका अमरसिंह पुनलाई मैदानमा उतारेको छ । प्रदेशसभाका लागि १ मा पार्टी जिल्ला सचिव शेरबहादुर महरा र २ मा नेता खगन्द्र प्रकाश हमाललाई अघि सारेको छ । भने माओवोवादी केन्द्रले प्रभावशाली नेता बर्षमान पुनलाई अघि सारेको छ । उनी एमाले र माओवादी केन्द्रको वाम गठवन्धनका साझा उममेदवार हुन् ।  दुई भाई पुनहरुको प्रतिस्पर्धालाई रोल्पाली जनताले रोचक तरिकाले नियालिरहेका छन् । माओवादी आफ्नो विरासत जोगाउन लागेको छ भने कांग्रेस माओवादीको विरासत जसरी पनि तोड्ने अभियानमा लागेको छ । कांग्रेसले सिंगो रोल्पाभरि एमालेलाई वाम गठवन्धनको नाममा पारेको शुन्यता र कार्यकर्तामा उब्जिएको असन्तुष्टिलाई राम्रोसँग उपयोग गर्न सकेमा माओवादीको विरासत तोड्न सफल हुने देखिन्छ । माओवादी पनि लामो समयदेखि विरासत थाम्दै आएको रोल्पालाई त्यति सजिलै गुमाउने दिने अबस्थामा देखिदैन । 

१० स्थानिय तह रहेको रोल्पामा माओवादीले ७, एमालेले २ तथा कांग्रेसले १ तहमा बिजय हाँसिल गरेका थिए ।