पाँचथर कात्तिक, २२–
पाँचथरको फिदिममा भेटिएको बम नेपाली सेना तथा नेपाल प्रहरीको टोलीले निष्कृय पारेको छ । बुधबार बिहान फिदिम नगरपालिका–२ को पल्लोटार जाने बाटोमा बम भेटिएको थियो । बुधवार विहान ५ः४५ बजे पल्लोटार जाने बाटोमा (महेश तिम्सिनाको घर) नेर भेटिएको बम भेटिएपछि स्थानीयवासीले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको बस्तु बम भएको पुष्टि गर्दै निश्क्रिय पारेका हो । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहले बम आफूले राखेको स्वीकार गरेको छ । नेकपाका पाँचथर इञ्चार्ज सौगातले सो बम आफुहरुले राखेको स्वीकार गरेका हुन् । निर्वाचन आउन करिब १८ दिन मात्र बाँकि रहेका बेला बम भेटिएपछि जनमानसमा सन्त्रास फैलिएको छ ।