काठमाडौं कात्तिक २२–
गौशाला प्रहरी वृत्तमा सोमबार बिहान प्रवेश गरेका एक युवाले कार्यालयभित्रै चुरोट सल्काए। कार्यालयमै निःसंकोच कोही व्यक्तिले चुरोट सल्काएको देखेपछि ड्युटीमा खटिएका एक प्रहरी जवानले ती युवालाई खेरे।
‘कार्यालयभित्रै चुरोट किन सल्काउनुभयोरु सार्वजनिक ठाउँमा यसरी चुरोट सल्काउन भएन,’ शिष्टतापूर्वक ती प्रहरीले सोधे।
‘किन सल्काउन पाइँदैनरु म को हुँ चिनेको छस्रु,’ युवा जंगिए।
आफ्नै कार्यालयभित्रै कसैले कानुन उल्लंघन गरेको र सोधीखोजी गर्दा हप्कीदप्की गरेपछि प्रहरीले हस्तक्षेप गरे। हातबाट चुरोट खोसेर फालिदिए।
गौशाला प्रहरी वृत्त स्रोतका अनुसार प्रहरीले चुरोट फालिदिएपछि ती व्यक्ति झन् आक्रोशमा आए। चुरोट फालिदिने प्रहरीलाई धकेलेर हातपात गर्न थाले।
कार्यालय भित्र यो यस्तो दृश्य देखेपछि अन्य प्रहरी कर्मचारीहरू भेला भए र ती युवा व्यक्तिलाई समातेर हिरासतमा थुने।
मदिरा सेवन गरेर हो–हल्ला गरेको आरोपमा थुनिएका एक व्यक्ति छुटाउन गएका ती युवा आफैं थुनिएको खबर केही समयमै गौशालाबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेछ।
खबर पुग्नेवित्तिकै अर्को रोचक घटना गौशाला प्रहरीमा घट्यो। रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्द गौशाला पुगे। गौशाला पुगेर उनी सरासर डिएसपी अनुपम श्रेष्ठको कार्यकक्ष छिरे र थुनिएका व्यक्तिलाई बाहिर निकाल्न अह्राए।
थुनिएका ती व्यक्ति अरु कोही नभएर जयबहादुरका ज्वाइँ उज्वलशमशेर राणा थिए। आफ्ना ज्वाइँ थुनिएको झ्वाँकमा चन्द रन्थनिदै गौशाला प्रहरी वृत्त पुगेका थिए।
‘तिमीहरू मान्छे नचिन्नेरु मेरो ज्वाइँलाई थुन्नेरु,’ चन्दलाई उद्धृत गर्दै गौशाला वृत्त स्रोतले भन्यो, ‘तिमीहरू सबैलाई म दुई घन्टाभित्र निलम्बन गरिदिन्छु।’
डिएसपी श्रेष्ठ थुरुरु भए। प्रहरी कर्मचारीमा मनोवैज्ञानिक त्रास पैदा भयो। चन्द सँगसँगै जस्तो पुगेकी छोरी सुप्रभा चन्द राणाले पनि गौशाला वृत्तका डिएसपी श्रेष्ठलाई ‘जागिर खाइदिने ’ सम्मको धम्की दिएकी थिइन्।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा प्रहरी महानिरीक्षक बढुवा भएपनि अदालतले रोकिदिएका कारण आइजिपी बन्नन पाएका चन्द मेट्रो प्रमुख हुँदा भएको यो घटना अहिले प्रहरी प्रधान कार्यालय पुगेको छ। प्रधानमन्त्रीका दाहिना भएका चन्दका कारण जागिर जाने भयले डिएसपी श्रेष्ठ आफ्ना वरिष्ठ प्रहरी कर्मचारीले गरेको यो व्यवहारबारे बोल्न चाहिरहेका छैनन्।
‘कोही थुनिएको पनि हैन, एआइजी सा’प आउनुभएको पनि हैन, ’घटना लुकाउँदै श्रेष्ठले सुशासन न्युजसँग भने। उक्त घटना सामसुम पार्न डिएसपी श्रेष्ठलाई चन्द आफैंले दबाब दिइरहेको स्रोत बताउँछ। घटनाबारे सुशासनले राखेको जिज्ञासामा एआइजी चन्दले भने, ‘गौशाला प्रहरीमा त गइरहन्छु, तर त्यस्तो केही घटना घटेको हैन, घटना घटेको हो भने गौशाला प्रहरीबाटै प्रमाणित गर्नुस्।’
यो घटनामा अन्यायमा परेका प्रहरी जवानले न्याय पाउनु त कता हो कता डिएसपी समेत एआइजीसँग थुरुरु भएपछि गौशाला वृत्तका कनिष्ठ प्रहरीहरूमा मनोवैज्ञानिक असर परेको छ। ‘शक्तिको धमास दिएर ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि कुटपिट गर्ने, त्यस्तो घटनामा डिएसपी नै डरले केही नबोल्ने भएपछि हामी निरीह बन्नपुगेका छौं,’ एक प्रहरी जवानले गुनासो पोखे।
ससुरा ‘पावरफुल’ एआइजी भएका कारण ज्वाइँ राणा कुनै बेलाका राजकुमार पारस शाहजस्तै अनमक्त भएर हिँड्ने गरेका छन्। प्रहरीबाटै आएको जानकारी अनुसार उनी आफैं लागुऔषध प्रयोगकर्ता हुन्। नक्सालको गैरीधारामा एउटा कारवास सेन्टर र कफीसप सञ्चालन गर्दै आएका राणा प्रहरीमा पछिल्लो समय मुद्दा मिलाउने धन्दा गर्ने गरेको स्रोतको दाबी छ। आफ्नै ससुरा मेट्रो प्रमुख भएपछि त उनी कतिपयलाई धम्क्याउँदै हिँड्ने गरेका छन्। हिजोआज गुन्डा, अपराधी र तस्करीका नाइकेहरू राणाकै कफीसपमा भेला हुन्छन्, जहाँ एआइजी चन्द पनि दिनमा एकपटक पुग्ने गरेका छन्। शुशान डट कममा खबर छ ।