बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

इन्टरनेट ब्यान्डविथको खर्च मासिक २० करोड

बुधबार, कार्तिक २२ २०७४

काठमाडौं कात्तिक, २२–
नेपालमा अहिले एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको पाइएको छ ।

अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)को तथ्यांकले देखाउँछ । ब्यान्डविथ प्रयोग भएको आधारमा हेर्ने हो भने नेपालबाट अहिले ब्यान्डविथको नाममा मात्रै मासिक २० करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा एक सय १० जीबीको हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ विभिन्न नेटवर्क सर्भिस प्रोभाइडरमार्फत नेपालमा आएको छ । इन्टरनेटको स्पिड पनि बढ्छ ।

 तर इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) व्यवसायीका अनुसार नेपालमा अहिले एक सय २० देखि ३० जीबीसम्म इन्टरनेटसनल ब्यान्डविथ खपत भइरहेको छ । यो खबर आजको अन्नपुर्ण पोष्टले लेखेको छ, अहिले औसतमा एक एमबीको १५ डलर अर्थात् एक हजार पाँच सय ४५ रुपैयाँ मासिक बुझाउनुपर्ने आईएसपी संघका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए ।