बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एम्बुलेन्स दर्घटना हुदा चालकको मृत्यु

मंगलबार, कार्तिक २१ २०७४

नुवाकोट कात्तिक, २१–
नुवाकोटमा गएराति एम्बुलेन्स दुर्घटना भएको छ । जिललाको  तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबीसेमा  भएको  दुर्घटनामा मकवानपुर मनहरि घर भएका चालक सन्दीप भारतीको मृत्यु भएको हो । 
 कान्तिपुर डेण्टल जनरल हस्पिटल काठमाडौँको बा १६ च ८९७ नंं को एम्बुलेन्स समुद्रटारबाट काठमाडौं जाने क्रममा दुर्घटना हुदा  मनहरि ज्यामिरेका एम्बुलेन्स चालक २४ वर्षीय भारतीको घटनास्थलमै मृत्यु भएको नुवाकोट प्रहरीले बतायो । 
 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टका अनुसार एम्बुलेन्स  करीब सडकबाट ५० मि तल पुगेको छ । दुर्घटनामा ज्यामिरेका राजकुमार अधिकारी र अरुणप्रसाद अधिकारी सामान्य घाइते भएका छन् ।
उनीहरुको टाउकोलगायत अन्य ठाउँमा चोट लागेको छ । एम्बुलेन्स दुर्घटना भएलगत्तै स्थानीयवासी र प्रहरी उद्धारका लागि घटनास्थल पुगे पनि उनीहरु सम्पर्कविहीन भएको र आज बिहान ९ बजे प्रहरी चौकी समुद्रटारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।