बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दुई युवतीलाई कुवेत लैजान खोज्ने विचौलिया पक्राउ

मंगलबार, कार्तिक २१ २०७४

काठमाडौं कात्तिक, २१–
नेपाली युवतीलाई कुवेत पुर्याउन लागेका एक विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।  ठूलो रकम कमाउन सकिने भन्दै विभिन्न प्रलोभनमा देखाएर
 भारत हुँदै दुई युवतीलाई कुवेत लैजानका लागि  सीमा पार गराउदै गर्दा विचौलियालाई  मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

दैलेखका ति दुई  युवतीलाई केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले  नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछ पश्चात उद्धार गरेको हो । 

  इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेका अनुसार बर्दिया राजापुर–१ का  ३५ वर्षीय कृष्णप्रसाद रेग्मीलाई  पक्राउ गरेपछि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको  छ ।