काठमाडौ कात्तिक, २१–
नेपाल राष्ट्र बैंकले कात्र्तिक २३ गते बिहिबार ५ अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्न लागेको छ । बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी, सुचीकृत संस्था एवं आम नेपाली नागरिकले खरिद गर्न सक्ने गरी उक्त ऋणपत्र बिक्री गर्न लागेको हो ।
यही कात्तिक २४ गते निस्काशन मिति तोकिएको ऋणपत्रको साँवा भुक्तानी मिति २०८२ कात्तिक २४ गते रहेको छ । ऋणपत्र खरिदको लागि बिहिबार अपरान्ह २ बजेसम्म आवेदन दिनुुे पर्ने छ । अर्धवार्षिक रुपमा ब्याजदर भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्र खरिदको लागि खरिदकर्ताहरुले प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी समुूह अन्र्तगत रहेर बोलकवोल पेस गर्न सक्नेछन् ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निस्कासित रकमको ८० र २० प्रतिशत अर्थात ४ सय करोड र रु. १ सय करोड रुपैयाँ छुुट्याईएको छ ।