बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

डडेल्धुराका प्रभावशाली माओवादी नेताहरु कांग्रेस प्रवेश, माओवादीबाट वडा अध्यक्ष जितेका समेत कांग्रेसमा

मंगलबार, कार्तिक २१ २०७४

काठमाडौं कात्तिक, २१–
डडेल्धुरामा  निर्वाचित वडा अध्यक्ष सहित माओवादीका प्रभावशाली एक दर्जन नेताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् ।   
सोमबार प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष चेतराज भट्ट लगायत दर्जन माओवादी केन्द्रका प्रभावशाली नेताहरुलाई कांग्रेस प्रवेश गराएका हुन्. । 
हिजो मात्र कांग्रेस प्रवेश गरेका  भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए  । उनी  यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुदा उनको स्वकिय अधिकृत समेत रहेका थिए । उनी माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत हुन् । 
त्यस्तै, डडेलधुराका वाईसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गरेका छन् ।  गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गरेका हुन् । 
 डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरु मानबहादुर धानुक, गोपाल खत्री, मिनराम साउद र धनिलाल पाल समेत कांग्रेस प्रवेश गरेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गाविन्द परियारले जानकारी गराए । उनीहरु सबैलाई प्रधानमन्त्री समेत रहेका देउवाले खादा लगाएर  कांग्रेसमा स्वागत गरेका हुन् ।