काठमाडौ कात्र्तिक १८
माछापुुच्छ्रे बैंक र कोरियाली बैंकबीच सम्झौता भएको छ । दुबै बैंकहरुले रेमिटेन्स कारोबारमा आपसी सहकार्य गर्ने बिषयमा सम्झौता गरेका हुन । इण्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा सो बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रेका नायब महाप्रबन्धक सन्तोष कोइरालाबीच सम्झौता आदान प्रदान भएको हो ।
साथै, दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले एक कार्यक्रमकाबीच उक्त रेमिट्यान्स सेवाको औपचारिकरुपमा समुद्धघाटन गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार सम्झौतापश्चात् दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इण्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुुच्छ्रे बैंकका नेपालभरि छरिएका ६२ शाखा, चार एक्स्टेन्सन काउण्टर र छ वटा शाखा रहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् । माछापुच्छ्रेले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बिमा लगायत कर्जा र अन्य बैंकिङ सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने व्यवस्था गरेको छ । बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।