बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मधेशका शीर्ष नेतालाई बागीले तनाब

शुक्रबार, कार्तिक १७ २०७४

काठमाडौं कात्तिक, १७–
मंसीर २१ गते हुने निर्वाचनमा मधेसवादी दलका शिर्ष नेता नै बागी उम्मेदवारबाट हैरान भएका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध नै बागी उममेदवार खडा भएका छन् ।

राजपासँग फोरमले सहकार्य गरे पनि राजपाका सहमहामन्त्री जयप्रकाश गुप्ताले सप्तरी २ मा फोरम अध्यक्ष यादवविरुद्ध उममेदवारी दिएका छन् ।

त्यस्तै महन्थ ठाकुरविरुद्ध राजपाकै निवर्तमान सांसद चन्देश्वर झाले उम्मेदवारी दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।