बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हिमालयन बैंकको ३ महिनाको नाफा ४१ करोड १ लाख

बिहिबार, कार्तिक १६ २०७४

काठमाडौ कात्तिक, १६–
हिमालयन बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ४१ करोड एक लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ४३ करोड ८४ लाख ६१ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो । 
चुक्ता पुंजी छ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपैयाँ रहेको बैकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक ९६ अर्ब १३ करोड ६७ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ७८ करोड८३ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुुद व्याज व्याज आम्दानी ७७ करोड ५४ लाख ५८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले सो अवधिमा २० करोड ३४ लाख सात हजार रुपैयाँ प्रोभिजन गरेको छ । राईट व्याक रकम १९ करोड ८८ लाख ६६ हजार रुपैयाँ रहेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दसमलव २४ प्रतिशत रहेको छ । 
गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ९३ अर्ब २२ करोड ६२ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब १८ करोड ३९ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८२ करोड ६१ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव १७ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।