बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दरबारमार्गका ब्राण्डेड पसलका संचालक पक्राउ, उपभोक्ता ठगेको आरोप

बुधबार, कार्तिक १५ २०७४

काठमाडौं कात्तिक, १५–
दरबारमार्गका ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई  उपभोक्ता ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।   मंगलबार महानगरीय प्रहरी परिसरले  पक्राउ गरेको उनीहरूविरुद्ध कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता भइसकेको छ ।   अब उनीहरुलाई  म्याद थपेर अदालतमा लैजाने तयारी भैरहेको प्रहरीले जनायो । 

त्यसरि उपभोक्ता ठगि गरेर  पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी रहेको महानगरीय प्रहरी  परिसरका प्रवक्ता रामदत्त जोशीले जनाए । 

त्यस्तै, लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको हो । 

बाँकी व्यवसायीका सम्बन्धमा भने अनुसन्धान चलिरहेको परिसरले जनाएको छ ।

 दशैंलगत्तै ती व्यवसायीलाई उपस्थित हुन  प्रहरीले  जानकारी दिए पनि थियो उनीहरु , लामो समयसम्म फरार भएपछि प्रहरीले खोजी तीब्र बनाएको थियो ।

 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता ठगेको भन्दै न्यूरोडका दुईसहित दरबारमार्गका १३ व्यवसायीमाथि अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन दशैं अगाडि नै प्रहरी परिसर टेकुलाई जिम्मा लगाएको थियो । 

 

अनुगमनका क्रममा अत्यधिक मूल्य राखेर उपभोक्ता ठगेको पाइएपछि तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले गत १९ र २१ भदौमा दरवारमार्ग क्षेत्रका ब्राण्डेड पसलमा छापा मारेका थिए । उतिबेला त्यस क्षेत्रका ९ वटा पसलमा शील गरिएको थियो । विभागले दरवारमार्गका ११ पसल र न्यूरोडका २ सहित १३ पसलमाथि कारवाहीका लागि परिसरमा सिफारिस गरेर पठाएको थियो ।