बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पञ्चायत फालेको कांग्रेससँग कम्युनिष्ट अधिनायकवादलाई रोक्ने तागत पनि छः देउवा

शनिबार, कार्तिक ११ २०७४

११ कात्तिक, पोखरा–
 प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुको चरित्रै अधिनायकवादी हुने बताएका छन् । 

उनले अहिले नेपालका कम्युनिष्टहरु अधिनायकवाद ल्याउनका लागि तीव्र ध्रुवीकरणमा लागेको   आरोप समेत लगाएका छन् ।   

शनिबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपालका कम्युनिष्टहरुले तिव्र ध्रुवीकरण गरेर राष्ट्रियता कमजोर पार्ने प्रयास गरिरहेको दाबी समेत गरे । 

पोखराको प्रदर्शनी केन्द्रमा अखण्ड पार्टीका अध्यक्षसहितका नेता तथा कार्यकर्ता एवम् पूर्व सांसद तथा उद्योगपति सूर्यबहादुर केसीलगायतलाई पार्टी प्रवेश गराएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले गराएको तीव्र ध्रुवीकरणले राष्ट्रियता कमजोर हुने प्रष्ट पारे । 

अब हुने मंसीर १० र २१ गते हुने चुनाव पार्टी पार्टीवीचको सामान्य  लडाईं मात्र नभएको उनको तर्क छ । यो चुनाव लोकतन्त्र र  प्रजातन्त्रको लडाईं भन्दै देउवाले  जनताको शासन स्थापना गर्ने लडाईंमा कांग्रेसले जित्नै पर्ने बताए ।

कांग्रेसले मात्रै  डर त्रासबाट मुक्त समाज  निर्माण गर्न सक्ने भन्दै प्रधानमन्त्री देउवाले  कम्युनिष्टहरुले साम्यवादसम्म पुग्ने उद्देश्य राखेर ध्रुवीकरण गरिरहेको र त्यसले अधिनायकवाद भित्र्याउने दाबी समेत गरे ।   डर त्रासमुक्त समाज निर्माणका लागि अबको निर्वाचनमा कांग्रेसलाई जिताउनै पर्ने देउवाको भनाई छ । 

प्रधानमन्त्री देउवाले एकतन्त्रीय शासन कांग्रेसले दुईपटक फालिसकेको र अहिले कम्युनिष्ट अधिनायकवाद शासनबिरुद्धको लडाईं भएको बताउँदै भने, ‘कांग्रेसले २००७ सालमा राणा शासन फाल्यौं, ०४६ सालमा पञ्चायत फाल्यौं, अब अधिनायकवाद लाद्ने कम्युनिष्टहरुलाई पराजित गर्छौं ।’

प्रधानमन्त्री देउवा भने, ‘कांग्रेसले २००७ सालमा राणा शासन फाल्यौं, ०४६ सालमा पञ्चायत फाल्यौं, अब अधिनायकवाद लाद्ने कम्युनिष्टहरुलाई पराजित गर्छौं