काठमाडौं कात्तिक, ११–
पूर्व सांसद एवं राप्रपाका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्य बहादुर के.सी. आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी चर्चित उद्योगपती समेत हुन् । त्यस्तै, पूर्व मन्त्री कुमार खड्का सहित सयौं नेता तथा कार्यकर्ताह आज कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला लगायतले फूलमाला लगाएर पार्टीमा स्वागत गरेको पोखरा कांग्रेसले जनाएको छ ।
उनीहरुलाई पार्टी प्रवेश गराउन प्रधानमन्त्री देउवा पार्टीका नेता सहित शनिबार पोखरा पुगेका हुन् ।