बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बस दुर्घटनामा १९ को ज्यान गयो, १३ घाईतेको उद्धार

शनिबार, कार्तिक ११ २०७४

धादिङ कात्तिक, ११ –

आज बिहान  गजुरी भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।  गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा  ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार घटनास्थलबाट ७ जना पुरुष र ४ जना महिलाको शव फेला परेको  हो । 
मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिका अन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेको  हो । 

 अँध्यारामै गाडी नदीमा परेपछि गाडीको झ्यालबाट नदीमा खसेका  १३ घाइतेलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेर गजुरी  गजुरी अस्पतालमा उपचारका लागि पु¥याएका थिए । 

प्रहरी निरीक्षक सापकोटाले गाडीबाट पानीमा झरेका दुई जना पौडी खेलेर बाहिर निस्किएपछि सम्पर्कविहीन भएको जानकारी गराए । 

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको हो । 

अहिलेसम्म गाडीमा भएका यात्रु र तिनको अवस्थाका बारेमा कुनै
 जानकारी हुन नसकेको प्रहरीको भनाई छ ।