बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

वाम गठवन्धनबाट बाहिरिएका बाबुराम कांग्रेससँग हिमचिम बढाउदै, बाबुरामको कुरामा कांग्रेस पनि सकारात्मक

आइतबार, असोज २९ २०७४

काठमाडौं असोज, –
ऐतिहाँसिक भनिएको वाम गठवन्धनबाट डेढ हप्तामै बाहिरिएको बाबुराम भट्टराई फेरि कांग्रेससँगको गठवन्धमा जाडिने अभ्यासमा लागेका छन् ।
बाम गठबन्धनमा सुर्य चिन्हबाट निर्वाचन लड्ने मनसाय बनाएका नेता भट्टराईलाई माओवादीले गृहजिल्ला गोरखामै निषेध गर्न थालेपछि उनी अपमान महसुस गर्दै गठवन्धनबाट बाहिरिएका थिए ।

गठवन्धनबाट बाहिरिएका भट्टराईले फेरि कांग्रेससँग हिमचिम बढाउनुलाई निकै अथपूर्ण रुपले हेरिउको छ । वाम गठवन्धन निर्माण गरेसँगै दुई चार दिन हौसिएका भट्टराईले कांग्रेसलाई जरैबाट उखेलेर फाल्ने अभिव्यक्ति समेत सार्वजनिक गरेका थिए ।

वाम गठवन्धनबाट बाहिरिएसँगै कांग्रेससँग नजिक हुनको उनको मनसाय माओवादीलाई बदला लिनुनै रहेको कतिपयले भन्ने समेत गरेका छन् ।

जसरी भए पनि गोरखा–२ बाट उठ्ने तयारी गरेका बाबुरामले आफ्नै पार्टीको आँखा चिन्ह लिएर निर्वाचनमा जाने जनाइसकेका छन् ।

बाबुुरामको तयारीलाई हेर्ने हो भने गोरखा क्षेत्र नं. १ मा कांग्रेसलाई सघाउने र २ बाट कांग्रेसले आफूलाई सघाओस भन्ने संकेत उनले कांग्रेसलाई दिइसकेका छन् ।

नयाँ शक्तिका प्रवक्ता केशव दाहालले गोरखामा कांग्रेससँग तालमेल हुने सम्भावना रहेको बताएका छन् । उनले कांग्रेससँग तालमेल नजिक रहे पनि निष्कर्षमा पुग्न भने बाँकी  रहेको बताए । अन्य ठाउँमा पनि  तालमेलको प्रयास हुने उनले जनाए ।

कांग्रेस पनि गोरखामा एउटा क्षेत्र बाबुरामलाई दिएर तालमेल गर्न सकारात्मक रहेको बताइएको छ ।

बाबुरामले कांग्रेससँग गोरखाको साथै अन्य १५ सिट समेत अपेक्षा गरेका छन् । भर्खरै सम्पन्न भएको स्थानीय  निर्वाचनमा गोरखामा नयाँ शक्ति र माओवादी केनद्रको झगडाको फाईदा उठाउदै कांग्रेसले जम्मा ९ सथानीय तहमा ७ तहमा जित हाँसिल गरेको थियो । अब पनि माओवादी र नयाँ शक्तिको सम्बन्धले गर्दा गोरखामा कांग्ेसलाई फाईदा पुग्ने निश्चित जस्तै देखिन्छ । गोरखामा एमालेको संगठन निकै कमजोर रहेकाले पनि कांग्रेसलाई फाईदा हुने देखिएको हो ।