काठमाडौं असोज, २७–
संसदको म्याद सकिन केहि दिन मात्र बाँकि रहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले राप्रपाका अध्यक्ष कमल थापा लगायत नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । अब यससँगै देउवाको मन्त्रिमण्डल ६४ सदस्यीय भएको छ ।
राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । मन्त्रालय भने तोकिएको छैन ।
यस्तै, राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।
भोलि नवनियुक्त मन्त्रीहरुको सपथको कार्यक्रम राखिएको बालुवाटार स्रोतले जनाएको छ ।
पाँचौ पटक मन्त्रिमण्डल गठन गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनेर आपत्ति जनाएको आयोगले यो पटक पनि आपत्ति जनाईसकेको छ ।
मन्त्रीहरुलाई जिम्मेवारी नदिनुको कारण माओवदी मन्त्रीहरुलाई हटाउने तयारीमा देउवा रहेको बुझिन्छ ।