काठमाडौं असोज, २७–
सुजल फुड्स प्रा.लि.ले बाल संरक्षण गृह, बालमन्दिरको शाखाले ‘चोकोफन बालवाटिका’ संचालनमा ल्याएको छ । काठमाडौं सिफल ‘चोकोफन बाल–वाटिका’ नामक खेल मैदान संचालनमा ल्याईको हो ।
नेपालको सबैभन्दा ठूलो र अग्रणी कनफेक्सनरी (चकलेट) उत्पादक कम्पनीले ‘चोकोफन बाल–वाटिका’ बाल संरक्षण गृहहाताभित्र सुन्दर ढङ्गले निर्माण गरेको हो ।
यसक्रममा खेल सामग्रीहरु चिप्लेटी, ढिकी–च्याउँ र पिङ खेल मैदानमा जडान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, मैदानसँगै जोडिएको पर्खालमा बालबालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट समेत गरिएको कम्पनी बताएको छ । खेलमैदान विभिन्न रङ्गहरुको प्रयोग गरी कलात्मक ढङ्गले बारिएर निर्माण गरिएको छ, जसले गर्दा खेलमैदान अझै सुन्दर देखिएको कम्पनीले दाबी गरेको छ । खेलमैदानमा बाल–बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र मैदानलाई प्राकृतिक स्वरुप दिन उच्च गुणस्तरको दूबो समेत रोपिएको छ । खेल तथा अन्य निर्माण सामग्रीहरु छनौट गर्दा पनि बालबालिकाहरुको सुरक्षामैत्रीलाई ध्यान दिइएको कम्पनीले बताएको छ । खेलकुद बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासको लागि अपरिहार्य रहेकोले खेलमैदान निर्माण गरिएको कम्पनीले बताएको छ ।
विगत १७ वर्षदेखि, यस कम्पनीको उत्पादन चोकोफन नेपालभरिका बालबालिकामाझ मुस्कान छर्न सफल हुँदै आएको कम्पनीले जनाएको छ । यसैगरी ‘चोकोफन बालवाटिका’द्वारा यस कम्पनीको बाल संरक्षण गृहमा आश्रित बालबालिकाहरुलाई खुसी र मुस्कान बाँड्ने एउटा अर्को जमर्को भएको समेत कम्पनीले दाबी गरेको छ । कम्पनीले सामाजिक कार्यहरुमा सदैव सेवा पु¥याउँदै आएको र निकट भविष्यमा यस्तो खेलमैदानको निर्माण अन्य बालमन्दिरका शाखामा पनि विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिएको छ । खेलमैदानको मर्मतसम्भारका साथसाथै संस्थागत सामाजिक उत्तरदायित्व बालबालिका सम्बन्धित क्षेत्रहरु जस्तै बालशिक्षा, बालस्वास्थ्य, बालपोषण र वातावरणमा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
सुजल फुड्सले विगत नौ वर्षदेखि उत्कृष्ट चोकोफनको उत्पादन गर्दै आइरहेको छ । सन् १९९९ मा पहिलोपटक बजारमा आएको चोकोपन अहिले लक्ष्मी ग्रुपअन्तर्गतको भ्रातृसंस्था सुजल फुड्स प्रा.लि.ले विगत चार दशकदेखि उच्च गुणस्तरको चकलेटहरुको उत्पादन गर्दै आएकोले यस कम्पनी देशकै नं. १ कन्फेक्स्नरी कम्पनी बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले अन्तर्राष्ट्रियस्तरको वेफर, टफी, तथा स्टिक गम उत्पादन गर्दै आएको छ । कम्पनीको स्वामित्वमा चोकोफन, क्रेभ, रसिलो कयान्डी, फ्रेसो, क्यान्डीम्यान, आदि प्रतिष्ठित ब्राण्डहरु रहेका छन् ।