बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बीमाको जानकारी दिने एनएलजीको मोबाइल एप्स सार्वजनिक

शुक्रबार, असोज २७ २०७४

           

काठमाडौं असोज, २७–
ग्रहाकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको एनएलजी इन्स्योरेन्स कम्पनीले ग्रहाकका लागि एनएलजी मोबाइल एप्स सार्वजनिक गरेको  छ ।  निरन्तर ग्राहक सेवामा फड्को मार्न सफल यस इन्स्योरेन्स कम्पनीले बीमाको जानकारी लिन ग्रहाकलाई सजिलो होस भनेर  मोबाइल एप्स सार्वजनिक गरेको जनाएको छ । 

 मोबाइल एप्स मार्फत ग्राहकहरुले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क, गणना गर्नुका साथै विभिन्न प्रकारका बीमा लेखहरुकाबारेमा थप जानकारी प्राप्त गर्न सकिने कम्पनीको भनाई रहेको छ ।  बीमा लेखले गर्ने जोखिम बहनका बारेमा  समेत उक्त एप्सबाट जानकारी लिनसक्ने व्यवस्था गरिएको बताईएको छ । 

 

प्रमुख–मानव संशाधन विभाग शाखाका नौमीनाथ अधिकारीका अनुसार  निकट भविष्यमा  एनएलजी एप्सबाट सम्बन्धित ग्राहकले आफ्नो बीमालेखको तथा दाबी भुक्तानी प्रकृयाका बारेमा समेत थप जानकारी प्राप्त गर्न सक्ने छन् ।  उक्त एप्स (Google play) मा गई  (NLG Apps Download)   गरि प्रयोगमा ल्याउन सकिने र एकपटक  (Down load) गरिसकेपछि उक्त  (Apps)  लाइ अफ 
लाइनमा समेत प्रयोगमा ल्याउन सकिने उनको भनाई छ ।