बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माओवादी केन्द्रले छिर्के हानेपछि बाबुरामको बालकोटमा रुवाबासी,गठवन्धन तोड्ने रुन्चे धम्की

बिहिबार, असोज २६ २०७४

 

काठमाडौं असोज, २६–
 कम्युनिष्ट सिद्धान्त छाडेर गैर कम्यनिष्ट चरित्र बनाएका डा. बाबुराम भट्टराईलाई गत हप्तामात्र सुरु भएको वाम तालमेल पहिलो गासमै ढुंगा सावित भएको छ । 
लगभग राजनीतिनै विघटनको दिशामा पुगेका बाबुराम वाम तालमेलको बुटीले बिहुरिने अबस्थामा पुगेका थिए । तर, आफ्नै गृहजिल्लामा माओवादी केन्द्रका कार्यकर्ताले भट्टराईको बिगत सम्झिदै खुट्टा टेक्न नदिने धम्की दिएपछि उनी आत्तिएका हुन् । 

वाम एकताको घोषणा भएको हप्ता दिन नपुग्दै कार्यदलले गरेको टिकट बाँडफँडमा उचित महत्व नदिएपछि भट्टराई रुन्चे मम्किसहित बालकोट दरबारमा विन्ति बिसाउन पुगेका हुन् । बाबुरामको क्रन्दन बालकोटे महाराजले नसुनेपछि उनी गठवन्धनसँग थप चिढिएर गठवन्धनबाट अलग्गिने रुन्चे धम्की  दिन समेत अग्रसर हुन पुगेका हुन् ।  

टिकट बाँडफाँडका लागि कार्यदल बनेको एक साता हुन लाग्दा पनि अहिलेसम्म कति प्रतिशत उम्मेद्वार नयाँ शक्तिलाई दिने भन्ने विषय टुंगिएको छैन । प्रतिशत नटुंगिएको भन्दै टिकट बाँडफाँड कार्यदल बैठकमा नयाँ शक्तिका नेता गएका छैनन् ।

नयाँ शक्तिले चाहीँ आफ्नो पार्टीलाई १५ प्रतिशत सीट चाहिने बताएको छ । यद्यपी यो पार्टीले संवादका आधारमा प्रतिशत घटाउन सकिने विकल्प पनि अगाडि सारेको छ ।

‘अहिलेसम्म हाम्रो पार्टीलाई कति प्रतिशत टिकट दिने भन्ने तय भएको छैन् । यस्तो अबस्थामा हामी आन्तरिक छलफल गर्न पनि पाएका छैनौँ ।’ नयाँ शक्तिका एक केन्द्रीय कार्यकारणी समिति सदस्यले भने, ‘धेरै अपमान भयो भने हामी त्यहीँ बसिरहनुपर्छ भन्ने छैन् ।’

स्रोतका अनुसार नयाँ शक्तिभित्र सम्मानजनक टिकट नपाए आफ्नै तरिकाले चुनावमा जानुपर्छ भन्ने विषयमा पनि मत उठेको छ । गठबन्धन बनेलगत्तै नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव लड्ने बताएको छ ।

उता गोरखा–२ मा नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको दावी रहेपछि यो क्षेत्रमा पनि समस्या आएको छ ।

एकातिर नयाँ शक्तिको यस्तो धम्की आएको छ भने अर्कोतिर टिकट बाँडफाँड कार्यदलले आफ्नो काम अझै सकेको छैन् । एमाले र माओवादी केन्द्रवीच टिकट बाँडफाँडको विषय अझै टुंगिएको छैन । कार्यदलले एक सातादेखि आफ्नो काम थालेको छ ।

गठबन्धनमा आउने तयारीमा रहेका माले र जनमोर्चालाई पनि कसरी मिलाउने भन्नेमा गठबन्धनभित्र छलफल भएको छ । मालेले केन्द्रमा ५ र प्रदेशमा १० सीट मागेको छ ।

वाम गठवन्धनको कार्यदललाई अहिले निर्वाचनको लागि सिट बाँडफँड भ्यागुताको धार्नी पुर्याउनु जस्तै भएको छ । भव्य तामझाम र असिमित सपना देखेर सुरु गरिएको वाम गठवन्धन थला परेको बिगिैएको इन्जिन जस्तै अलपत्र नहोला पनि भन्न सकिदैन ।