बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की

बिहिबार, असोज २६ २०७४

असोज २६ , काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो ।

महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाएर र सोधे, हलो, को बोल्नुभयो ? 

उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । तेरै अध्यक्ष भन्ने शब्दमात्रै सुने । फोन काटियो । 

बेलुका ७ बजे घर पुग्दा उनको मोवाईलमा नम्बर नदेखिएको दुइटा मिस कल थियो । 

बारम्बार फोन आइरहेको थियो, एक कलमात्र उठाउन सकेँ, देउजाले भने लबज मंगोलिन भए पनि त्यति प्रस्ट सुनिएन । यो खबर आजको नागरिकमा छ ।