काठमाडौं असोज, २५–
अहिलेका हट केक बन्न सफल नायक प्रदिप खड्काले आफ्नोबारे प्रकाशित एक समाचारप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनले एउटा साप्ताहिक पत्रिकामा प्रकाशित समाचारलाई लिएर आक्रोश व्यक्त गरेका हुन् । नयाँ चलचित्र ‘लिलीबिली’ मार्फत २३ लाख पारिश्रमिक लिएको तथा बडिगार्ड राखेको भन्दै उनको चर्चा परिचर्चाले व्यापक्ता पाएको थियो । त्यसका अलवा ‘प्रेम गीत २’ले प्रदीपलाई ५३ लाख पर्ने कार उपहार दिएपछि सबैको ध्यान प्रदिप तिर नै तानिएको थियो ।
तिनै बिषयलाई जोडेर उक्त साप्ताहिकले नायक प्रदिपका बारे समाचार प्रकाशन गरेको थियो । उक्त समाचार प्रकाशन भएपछि नायक खड्काले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो आक्रोश सार्वजनिक गरेका हुन् ।
नायक खड्काले यस्ता प्रकारका समाचारले आफुलाई निराश गर्ने प्रयास गर्ने र येस्ता हेडलाइनहरूले आफ्नो छविलाई बर्बाद गर्न खोजेको तर, यस्ता समाचारले आफुलाई सतर्क गराउने काम गरेको उल्लेख गरेका छन् ।