बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

लोकतान्त्रिक गठवन्धनमा सिट बाँडफाँटको जिम्मा शीर्ष नेतालाई

आइतबार, असोज २२ २०७४

काठमाडौं असोज, २२–
कांग्रेस नेतृत्वमा निर्माण हुन लागेको  लोकतान्त्रिक गठबन्धनको कार्यदलले सिट बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई सुम्पेको छ । कार्यदलले गरेको  गृहकार्यपछि नेतृत्व तहलाई नै सिट वााडफाँडको जिम्मा लगाएको हो। 
वाम गठवन्धनको घोषणा पछि अनौपचारीक रुपमा बनेको लोकतान्त्रिक गठवन्धनका तर्फबाट सिट संख्या वाँडफाँड गर्ने गृहकार्य भएपनि कार्यदलले  टुङगो लगाउन नसकेको हो । चुनावी तालमेलको गृहकार्य गर्न कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा ८ सदस्यीय कार्यदल बनाइएको थियो।
 
कार्यदलका एक सदस्यले जनाए अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सो गठबन्धनमा आवद्ध दलका नेताहरुसंग छुट्टाछुट्टै छलफल गरेर सिट संख्यामा सहमति जुटाउने प्रयास गर्ने भएका छन् ।  प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेर सिट संख्या निर्धारण गरेपछि कार्यदलले जिल्ला र क्षेत्र छुट्टयाउनेछ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, संघीय फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा प्रजातान्त्रिक छन्। राजपा र संघीय फोरमले साझा उम्मेदवार उठाउने सहमति गरेका छन्। फोरम लोकतान्त्रिकले गठवन्धनसँग भने २० सिट मागेको छ। कमल थापा नेतृत्वको राप्रपाले पनि लोकतान्त्रिक गठबन्धनमा आवद्ध हुन २० सिट मागेको छ।

गठबन्धनमा आवद्ध दलहरुले आगामी चुनावमा चुनाव चिन्ह भने आ–आफ्नै लिने बताइएको छ। नेताहरुका अनुसार तालमेल भएका ठाउँमा गठबन्धनमा आवद्ध अन्य दलले उम्मेदवार नउठाउने तर, सम्वन्धित पार्टीकै चुनाव चिन्ह लिने सहमति कार्यदलमा भएको छ। तर, गठवन्धनमा रहेका सबै दलले २० सीटको हाराहारीमा सीट संख्या माग गरेपछि काँग्रेस भने अप्ठ्यारोमा परेको छ।