बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अपराधिलाई जोगाउन आन्दोलन

आइतबार, असोज ८ २०७४

कपिलवस्तु असोज, ८–
कपिलवस्तुका स्थानीयबासी अपराधिलाई जोगाउनुपर्छ भन्दै  आन्दोलनमा उत्रिएका छन् । हतियारसहित पक्राउ परेका एक व्यक्तिलाई रिहा गर्न माग गर्दै  उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय भरत चौधरीलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका –७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित  आइतबार बिहान प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि बहादुरगञ्जका स्थानीयवासीले प्रहरीको चाल रहेको भन्दै चौधरीलाई तत्काल रिहाईको माग गर्दै सडमा उत्रिएका हुन् ।

बुटनीयाबासीले भरतको रिहाइको माग गर्दै चन्द्रौटा–कृष्णनगर सडकखण्डअन्तर्गत बहादुरगञ्ज चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत लगाएका छन् ।

इलाका प्रहरी कार्यालय बहादुरगञ्जले भने बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित भरत चौधरीलाई पक्राउ गरेको जनाएको छ ।