बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यसकारण भयो विद्युत् प्राधिकरणमा आगलागी

आइतबार, असोज ८ २०७४

बैतडी असोज, ८–
 नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीमा आगलागी भएको छ ।

 बैतडीका प्रमुख मोहनदेव जोशीका अनुसार ११ केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा गए राति आगलागी भएको  हो । विद्युत चुहिएर आगलागी भएको बुझिएको छ ।

जोशीका अनुसार ३३ केभी प्रसारण लाइनलाई ११ केभीमा स्थानान्तरण गर्ने यन्त्र आगलागीका कारण नष्ट भएको  छ । उनले भने, ‘फिडरमा आगलागी भएसँगै नेपालबाट प्रसारण हुने विद्युत् सेवा अवरुद्ध भएको छ ।’

अहिले भारतबाट आउने विद्युत् प्रसारण भइरहेको र भारतबाट आयातीत विद्युत्ले भार धान्न नसक्ने भएकाले साँझमा विद्युत्भार कटौती हुने जानकारी जोशीले दिए ।
साँझ ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म विद्युत्भार कटौती हुने बताइएको छ । बिग्रेको लाइन बनाउनका लागि नेपालगञ्जबाट प्राविधिक आउने र बनाउन पाँच छ दिन लाग्नसक्ने जनाइएको छ ।