बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल आईडलका १२ प्रतिस्पर्धी कतार लागे, अन्तिम युद्ध असोज ६ मा कतारमा !

मंगलबार, असोज ३ २०७४

काठमाडौं असोज, ३–
निकै विवादमा तानिएको रियालिटी सो नेपाल आइडलका टप १२ प्रतिस्पर्धीहरु फाइनलका लागि मंगलबार  कतार जादै छन । भदौ ६ गते हुने फाइनलका लागि लक्ष्मण पौड्याल सहित प्राबिधिक टोली यसअघिनै कतार पुगिसकेका छन् । 
नेपाल आईडलका १२ प्रतिस्पर्धीहरु निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले, सुजता पाण्डे, सुरज थापा, विल्सन श्रेष्ठ, मेनुका पौडेल, केन्जल मेयर श्रेष्ठ, प्रमिला राइ, सन्ध्या जोशी, राहुल विश्वाश आज निकै उत्साहित देखिएका थिए । टप ३ प्रतिस्पर्धी मध्ये  को नेपाल आईडल बन्ने भनेर सबैलाई ठुलो कौतुहलता छ ।  उता प्रतिस्पर्धीहरुको मनमा उत्शाह र डर दुबै रहेको  देखिन्थ्यो । को हुनेछ त पहिलो नेपाल आईडल थाहा पाउनको लागि ६ गतेको फाइनल कुर्नुको विकल्प भने छैन ।