रुपन्देही असोज, २–
रुपन्देहीमा अज्ञात समूहले एक युवतीको अपहरण गरेको छ । सोमबार जिल्लाको सैनामैना नगरपालिका–१ वनकट्टाकी अन्दाजी २४ वर्षीया रेखा भुसाल अज्ञात समूहको अपहरणमा परेकी हुन् ।
भुसाल वनकट्टाको वर्मा चोकमा बुटवल जाने गाडी कुरिरहेको अवस्थामा अपहरणमा परेकी हुन् । बा १३ च ६६९७ नम्बरको सेतो अल्टो कारमा आएका व्यक्ति उनलाई जबरजस्ती गाडीमा हालेर तामनगरतर्फ लिएर गएको प्रहरीको भनाई छ ।
अपहरणमा परेकी युवती फार्मेसीमा कार्यरत रहेको बताइएको छ ।
एसपी श्यामलाल ज्ञवालीले अपहरित युवतीको उद्दार गरेको र अपहरणमा संलग्न युवाहरुको खोजी भइरहेको जानकारी दिए ।