काठमाडौं असोज, २–
प्रधानमन्त्री शेरबहादुर देउवाले आज छैटौंपटक फेरि मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिममण्डल जम्बो भएको भन्दै चौतर्फि आलोचना खेपिरहेका बेला फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । अहिलेसम्म देउवाको ५४ सदस्यीय मन्त्रिमण्डल रहेको छ । आज पनि देउवाले २ जना मन्त्री थप्दैछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।
पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेका हुन् ।
पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएकाले आजै शपथ गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।