बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमाले प्रदेश २ का संयोजक सत्यनारायण मण्डलमाथि आक्रमणको प्रयास

बिहिबार, भाद्र २९ २०७४

काठमाडौं भदौ, २९–
 प्रमुख विपक्षी दल नेकपा एमालेले सत्तापक्ष भौतिक आक्रमणमा उत्रिएको भन्दै सुरक्षा माग गरेको छ । तराई मधेसमा चुनावी अभियान चलाउने क्रममा आफ्ना कार्यकर्तामाथि  सत्तापक्षले आक्रमण गरेको एमालेको आरोप छ ।  एमालेले सप्तरीमा आफ्ना उम्मेदवार र नेता कार्यकर्तामाथि सत्तापक्षले भौतिक आक्रमण गर्न थालेको भन्दै  सुरक्षा माग गरेको हो ।
बिहीवार एमाले केन्द्रीय कार्यालयले प्रेस नोट जारी गर्दै सप्तकोशी नगरपालिका  वडा नम्बर ४ मा  महिला सदस्यकी उम्मेदवार कुमारीदेवी सदामाथि कुटपिट भएको जनाउदै कार्वाहीको माग समेत गरेको छ ।
विज्ञप्तिमा प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलको गाडी रोकेर हुलहुज्जत गरिएको र वडा सदस्यका उम्मेदवार भोलनाथ लेखीका छोरा एकनाथ लेखीमाथि सांघातिक आक्रमण गरिएको उल्लेख छ ।