कठमाडौ भदौ, २८–
भोलि ५ अर्ब रुपैयाँको बिकास ऋणपत्र हुुने भएको छ । नेपाल राष्ट्र बैैकले भोलि बिहिबार बाँणिज्य बैक, बिकास बैक, फाईनान्स कम्पनी बीमा, संगठित संस्था र नेपाली नागरिकहरुलाई बिकास ऋणपत्र २०८५ क बिक्री गर्न लागेको हो । ऋणपत्र खरिदको लागि सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ । कर्जा लिन र दिन धितोकोरुपमा समेत प्रयोग गर्न सकिने ऋणपत्रको निष्काशन मिती २०७४ भदौ ३० गते तोकिएको छ भने सावाँ भुक्तानी मिती बिसं २०८५ भदौ ३० गते तोकिएको छ ।
ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज मार्पmत हुुने र अर्धबार्षिकरुपमा व्याजदर भुक्तानी हुुने राष्ट्र बैैकले जनाएको छ । खरिदकर्ताहरुले घटीमा पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहनेगरी ऋणपत्र खरिद गर्न सक्नेछन । ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।