काठमाडौ भदौ, २८–
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मनहरीमा शाखा खोलेको छ । बैंकले मंंगलबार मकवानपुरको मनहरीमा ६२ औं शाखा खोलेको हो ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले विधिवत पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सरुवात गरेका हुुन । उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगवाहरूको बाक्लो उपस्थिति रहेको थियो । शाखा समुद्घाटनको अवसरमा बैंकले दुई स्थानिय विद्यालयहरुलाई १–१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरेको छ ।
मनहरी शाखाको विधिवत समुदघाटन सँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकमहानुभावहरुलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार ग्राहकहरूलाई सेवाप्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम भिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ । देशको विभिन्न क्षेत्रका ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले निकट भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडी सारेको छ ।