बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमालेको नक्कली राष्ट्रबाद र मधेसी दलको उग्रमधेसवाद राष्ट्रका लागि खतराः शेखर कोइराला

सोमबार, भाद्र २६ २०७४

सिरहा भदौ, २६–
कांग्रेस नेता डा. शेखर कोइरालाले तराई मधेस र पहाडको सदभाव बिथोल्ने भनेको एमाले र मधेसवादी दल भएको बताएका छन् । नेता  कोइरालाले  एमालेको नक्कली राष्ट्रबाद र मधेसी दलको उग्रमधेसवादको नाराले तराई–मधेस र पहाडका बीचमा सामाजिक सदभाव बिथोलिएको दाबी गरे । एमाले तथा मधेसवादी दलको यस्तो रवैयाले देशलाई जातिय द्धन्द तर्फ धकेलिन सक्ने   खतरा औंल्याउँदै उनले त्यसतर्फ  सबै सचेत हुनुपर्नेमा जोड दिए ।   नेता कोइरालाले एमाले र मधेसी दल  मिति सकिएका औषधी जस्तै भइसकेको दाबी गर्दै यी  दलहरूले अब मधेस र मधेसीको हितमा काम गर्न नसक्ने समेत प्रष्ट पारे । 
नेपाली काँग्रेस सिराहा नगर समितिले सन्हैठामा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उनले मधेसी दलले सिर्जना गरेको भ्रमबाट मुक्त हुन  मधेसी जनतालाई आग्रह समेत गरे । 
कोइरालाले मधेसको समस्या  कांग्रेसले मात्रै समाधान गर्न सक्ने दाबी समेत गरे । 
कार्यक्रममा कोषाध्यक्ष सितादेबी यादव लगायतले  समेत आफ्नो धारणा राखेका थिए ।