बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

त्रिविले गर्यो काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

बुधबार, भाद्र २१ २०७४

काठमाडौं भदौ, २१–
नेशनल मेडिकल कलेजलाई  दिएको सम्बन्धन  त्रिभुवन विश्वविद्यालयले खारेज गरेको छ ।   आजै (बुधबार) कै  मितिबाट नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज भएको हो । 
 त्रि वि कार्यकारी परिषद्ले गत साउन १२ मा उक्त कलेजलाई सर्वोच्च अदातलको आदेश पालना गरेको भन्दै सम्बन्धन दिएको थियो ।
त्रिविका उपकुलपति प्रा. डा. तिर्थ खनियाले सो कलेजको सम्बन्धन खारेज भएको  जनाए । यसअघि त्रिविले उक्त कलेजलाई दिएको सम्बन्धन स्थगन मात्रै गरेको थियो ।

गत शनिबार त्रिविद्वारा गठन गरिएको अनुगमन समितिले बुधबार कलेजको अनुगमन गर्दै रिर्पोट बुझाएपछि आजैका मितिबाट उक्त कलेजको सम्बन्धन खारेज गरिएको घोषणा गरेको छ ।