काठमाडौं भदौ, २–
चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गते रिलिज हुने भएको छ । चलचित्र प्रदर्शन हुनु १५ दिन अगावै शुक्रबार उक्त चलचित्रको ‘मरिलानु के छ र’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा चलचित्रमा निर्देशन भने झरना थापाले गरेकी हुन् । चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यो गीतमा राजेशपायल राइ र इन्दिरा जोशीको आवाज छ ।
कविराज गहतराज र रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको चलचित्रमा संजय लामाको छायांकन छ । यसअघि सार्वजनिक भएका २ गीतले अधिक चर्चा पाईरहेकाबेला तेश्रो गीतले पनि दर्शकको मन जित्ने निर्माण युनिटको दाबी छ ।