बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आइएमई फाउन्डेशनले गर्यो बाढीपीडितलाई राहत वितरण

शुक्रबार, भाद्र २ २०७४

 

पूर्वी तराई, भदौ, २–
आइएमई फाउन्डेशनले बाढी पीडितहरुलाई राहत वितरण गरेको छ ।  गत साता  आएको अविरल वर्षाले तराई मधेसका  विभिन्न स्थानमा बाढी पीडित बनेकाहरुलाई फाउन्डेशनले राहत वितरण गरेको हो ।  
आइएमई फाउन्डेशनले बाढीे पीडितहरुलाई दैनिक जीवनमा प्रयोगमा आउने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरेको हो । राहत वितरण कार्यक्रममा फाउन्डेशनको  केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधि तथा  आइएमई ग्रुपका स्थानीय  साझेदारहरुले सहभागिता जनाएका थिए ।   

 


 गत साउन ३० गतेको निर्णय अनुसार आइएमई फाउन्डेशनले  सामाजिक उत्तरदायित्व बहन गर्दै  अविरल बर्षाका कारण घरबार विहीन हुन पुगेका पूर्वी  तराईका प्रभावित परिवारहरुलाई राहत वितरण गरेको हो ।