बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रामेछापको मन्थलीमा लक्ष्मी बैंकको नयाँ शाखा

बिहिबार, भाद्र १ २०७४

 

काठमाडौं भदौ, १–
लक्ष्मी बैंकले  आज नयाँ शाखा विस्तार गरेको छ ।  आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा बैंकले बिहिबार  रामेछापको मन्थलीमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । उक्त  क्षेत्रमा, बैकंको यो पहिलो शाखा हो । 

अब लक्ष्मी बैंकको शाखा संजाल ६८, ३ हस्पिटल सेवा काउन्टर, ८९ ए टि एम, २५ सय भन्दा बढि रेमिटेन्स् तथा ४ सय भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।   

शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति लिएको बताएको छ ।  

सुविधाजनक नयाँ निक्षेप योजनाहरु, विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा फराकिलो पार्ने  बैंकको लक्ष रहेको छ ।  मूख्यतया  साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गर्ने जनाएको छ  । जसमा  विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । 

आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने जनाएको छ । 

२००२ मा स्थापना भएको लक्ष्मी बैंकले अहिले सूचनाप्रविधिको आफ्ना शाखाहरुमा  व्यापक प्रयोग गर्दै आईरहेको छ 

बैकमा करिब ७ सय कर्मचारी कार्यरत रहेका छन् ।  ३६ जिल्लामा आफ्नो सेवा पु¥याएका बैंकले  भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवाप्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सफल भएको छ । २००२ मा बैंकले पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन तथा  २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइलमनी) सेवा संचालन गरेको थियो ।