काठमाडौं साउन, ३१–
नेपाल र चीनबीच तीन वटा सम्झौता÷समझदारी पत्रमा हस्ताक्षर भएको छ । यतिबेला चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको टोली नेपालको भ्रमणमा रहेको छ । मंगलवार नेपाल भ्रमणमा रहेको चिनियाँ उपप्रधानमन्त्री वाङ याङको प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता पश्चात समझदारीमा हस्ताक्षर भएको हो । चिनियाँ टोलीका साथै गच्छदार, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौता÷समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता । यो रकममा १५ अर्ब नेपाली रुपैयाँ थप सहायता आउनेछ ।
पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी २ अर्ब रुपैयाँको सम्झौता पनि भएको छ ।
भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्नेबारे दुई देशबीच सैद्धान्तिक सहमति पनि भएको छ ।
त्यस्तै चीनले नेपाललार्य १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा समेत गरेको छ ।