काठमाडौं साउन, ३१–
विगत केहि दिनदेखिको अविरल बर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । त्यस्तै, बाढी पहिरोमा अहिलेसम्म ३८ जना बेपत्ता भएका छन् । अहिलेसम्म २ हजार ८४७ घर पूर्ण रुपमा क्षति भएको तथा ३ हजार ७२७ पूर्वाधार संरचनामा क्षति भएको गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी गराए ।
बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका मन्त्रालयको तथ्यांक छ ।
सोमबारबाट राहत वितरण सुरु भएको छ । बाढी तथा डुवान प्रभावित तराई मधेसका १२ जिल्लामा त्रिपाल, कम्वल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, भुजा, पानीका साथै जीवनजल, सिटामोल समेत वितरण गरिएको छ ।