बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कुमारी बैकको नाफा ७० करोड तीन लाख

मंगलबार, साउन ३१ २०७४

काठमाडौ साउन, ३१–

कुमारी बैकले आर्थिक बर्ष २०७३—०७४ को चौथौ त्रैमासिक अवधिमा ७० करोड तीन लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७१ करोड ६० लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 
चुक्ता पुंजी पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको बैकले आव २०७३—०७४ को चौथौ त्रैमासिक अवधिमा ५२ अर्ब सात करोड १२ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब १९ करोड ५१ लाख ७१ हजार रुपैयाँ कर्जाै प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा दुुई अर्ब २२ करोड एक लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा एक अर्ब २९ करोड ७१ लाख ६५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम २१ करोड २९ लाख ८५ हजार रुपैयाँ रहेको बैकको राईट व्याक रकम २८ करोड २५ लाख ७८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८६ प्र्रतिशत रहेको छ ।