बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कक्षा १२ काे परीक्षाफल सार्वजनिक

शुक्रबार, साउन २० २०७४

काठमाडौं – कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको छ ।
 परीक्षामा नियमित तर्फ ७९ दशमलव ४४ प्रतिशत र आशिंक तर्फ ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 
बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नियमित ४४ हजार ८ सय ९७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ३५ हजार ६ सय ६८ जना उत्तिर्ण भएका छन् । १७ जनाको परीक्षा रद्द गरिएको छ । 
यस्तै आशिंक तर्फ ९ हजार ४ सय ८९ विद्यार्थीले परीक्षा दिएकामा ४ हजार १ सय ३७ जना उत्तिर्ण भएका छन् । ३ जनाको परीक्षा रद्द गरिएको छ । गएको वैशाख १० देखि भएको परीक्षाको नतिजा सार्वजनिक भएको हो । अरु संकायको परीक्षाफल भदौ मसान्त भित्र सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक बतासले बताए ।