साउन १८, गुल्मी – ईस्मा गाउँपालिका ३ सिम्पानीका ३७ बर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो ।
विदेशमा काम गर्न थालेको २४ बर्ष भए पनि थापा प्रत्येक बर्ष बिदामा घर आउँछन् । उनको विवाह भएको १३ बर्ष भयो । श्रीमती एक छोरा र दुई छोरीको पिता बाबुराम विदा सकेर हरे बर्ष खुसीखुसी काममा फर्कन्थे ।
तर, यसपटकको उनको यो विदा निकै पिडादायी रह्यो । नौ महिने दुधे बालक छाडेर श्रीमतीले घर छाडेपछि बाबुरामको विदा पिडादायिक भएको हो । यो खबर आजको नयाँ पत्रिकामा छ ।