काठमाडौं साउन, १७–
प्रहरी प्रधान कार्यलयले नेपाल प्रहरीका ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले उनहिरुको सरुवा गरेको हो ।
सरुवा हुने एसपीहरुमा केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा, अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ । त्यस्तै, काठमाडौं प्रहरी परिसरका प्रद्युम्न कुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, सप्तरीको मलेठ घटनापछि विवादित बनेका प्रहरी प्रमुख एसपी दिवेश लोहनीको महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स महाशाखा रानीपोखरीमा सरुवा भएको छ ।