काठमाडौ साउन १६
नेपाल धितोपत्र बोर्ड समक्ष आधा दर्जन बैंक तथा फाईनान्स कम्पनीहरुले हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमती माग गरेकाछन । बोर्डको दिएको जानकारी अनुसार यही साउनको पहिलो हप्तासम्म आठ वटा संस्थाहरुको हकप्रदको लागि अनुुमती माग गरेका हुुन । सो मध्ये तीन वटा फाईनान्स, तीन वटा बिकास बैक, एउटा जलबिद्युत कम्पनी र एउटा बाँणिज्य बैक रहेको बोर्डले जनाएको छ ।
जानकारी अनुुसार रिलायन्स फाईनान्सले करोड छ लाख ५७ हजार एक सय ६० रुपैयाँ बराबरको २३ लाख छ हजार पाँच सय ७१ दसमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमती मागेको छ । फाईनान्सको सेयर बिक्री प्रवन्धककोरुपमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीले पनि २८ करोड ६७ लाख २२ हजार पाँच सय ६२ रुपैयाँ बराबरको २८ लाख ६७ हजार दुुई सय २५ दसमलव ६२ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमती मागेको छ । फाईनान्सको सेयर बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
ओम डेभलपमेन्ट बैंकले पनि ४९ करोड ३१ लाख ८३ हजार पाँच सय रुपैयाँ बराबरको ४९ लाख ३१ हजार आठ सय ३५ कित्ता हकप्रद सेयर जारी गर्न अनुुमती मागेको छ । बैकको सेयर निष्काशन तथा बिक्री प्रवन्धककोरुपमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । यसैगरी सिभिल बैकले पनि दुुई अर्ब सात करोड ४० लाख ८८ हजार छ सय ७५ रुपैयाँ बराबरको दुुई करोड सात लाख ४० हजार आठ सय ८६ कित्ता हकप्रद सेयर जारी गर्न अनुुमती माग गरेको छ । बैकको सेयर निष्काशन तथा बिक्री प्रवन्धककोरुपमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।
अपी हाईड्रो पावर कम्पनीले पनि एक बराबर दुुईको अनुुपातमा दुुई अर्ब १० करोड रुपैयाँ बराबरको दुुई करोड १० लाख कित्ता हकप्रद सेयर जारी गर्न अनुुमती माग गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धककोरुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुुसार गुुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाईनान्स कम्पनीले १९ करोड ७३ लाख ९२ हजार आठ सय ७७ रुपैयाँको बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुुमती मागेको छ भने कर्णाली बिकास बैकले ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुुमती माग गरेको छ । भार्गभ बिकास बैकले पनि २१ करोड १२ लाख रुपैयाँको हकप्रद सेयर निष्काशन गर्न अनुुमती मागेको छ ।
हकप्रद सेयर जारी गर्ने अनुुमती माग्ने कम्पनीहरु
क्रस कम्पनीको नाम रकम (रुपैयाँमा) बिक्री प्रवन्धक
१ सिभिल बैंक २०७४०८८६७५ लक्ष्मी क्यापिटल लिमिटेड
२ अपी पावर कम्पनी २१०००००००० सिद्धार्थ क्यपिटल लिमिटेड
३ रिलायन्स फाईनान्स २३०६५७१६० सनराईज क्यापिटल लिमिटेड
४ गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स १९७३९२८७७ एनआईबिएल क्यापिटल लिमिटेड
५ श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स २८६७२२५६२ सिद्धार्थ क्यापिटल लिमिटेड
६ ओम डेभलपमेन्ट बैंक ४९३१८३५०० एनआईबिएल क्यापिटल
७ कर्णाली डेभलपमेन्ट बैंक ३३९७५०००० प्रभुु क्यापिटल लिमिटेड
८ भार्गभ बिकास बैंक २११२००००० एनएमबी क्यापिटल लिमिटेड
(श्रोत नेपाल धितोपत्र बोर्ड )