काठमाडौ साउन ११
महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३—०७४ मा एक अर्ब १० करोड संचालन मुनाफा हासिल गरेको छ । साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर मिति २०७४ साल आषाढ १८ गते देखि एकिकृत कारोवार शुरु गरेको बैंकले २०७४ साल आषाढ मसान्त सम्ममा २५ अर्ब १३ करोड निक्षेप संकलन गरी २० अर्ब ७२ करोड कर्जा प्रवाह गरि सकेको छ । बैंकको नेपालभरी जम्मा ६५ शाखा रहेको छ भने ग्राहक संख्या तीन लाख ६५ हजार पुग्न गएको छ । बैंकको चुक्ता पूंजी दुुई अर्ब ६३ करोड रहेको छ ।