बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भारत हुदै तेश्रो मुलुक बेच्न लैंजादै गरेका २४ महिलाको उद्धार

मंगलबार, साउन १० २०७४

काठमाडौं साउन, १०–
वैदेशिक रोजगारीको निहुमा भारतको बाटो हुद तेस्रो मुलुक लैजान लागेका  २४ महिलालाई विभिन्न नाकाबाट उद्धार गरीएको छ ।      भारतसँग  खुला सिमाना भएको  बर्दियाका विभिन्न नाकाबाट उनीहरुलाई   उद्धार गरी घर फर्काइएको हो ।   वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय संघसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो ।  बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाका अनुसार ‘बर्दियाका चारवटा सीमा नाकालाई  चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ । दलालहरुले भारतसँगको खुला सीमाना भएको कारण सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने तथा सुरक्षाकर्मी राखिएका मार्गहरु  प्रयोग नगर्ने प्रमुख जिल्ला अधिकारी थापाको भनाई छ ।  दलालले चेलीबेटी भारत पु¥याउन बर्दियाकै मानिस प्रयोग गर्ने गरेका तथा  विश्वासै गर्न नसक्ने मानिसले  विभिन्न बहानामा चेलीबेटी भारत पु¥याउने गरेको देखिएको उनले बताए । 
विगत छ महिनाको अवधिमा बर्दियाका  संवेदनशील मानिएका नाकाबाट  मात्र  २४  युवतीलाई उद्धार गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । जिल्लामा महिला तथा  चेलीबेटी ओसारपसार,  बेचबिखनविरुद्ध काम गर्दै आएका संस्थाका अध्ययन अनुसार  जमुनी, कर्णालीपुर, गुलरिया, गणेशपुरलगायत धनौरा लगागतका  सीमा नाका चेलीबेटीका लागि अति संवेदनशील क्षेत्र मानिएको उल्लेख छ ।