बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भेन्टिलेटरमा राखीएका कांग्रेस नेता बाँस्तोलाको स्वास्थ्यमा सुधार

शनिबार, साउन ७ २०७४

काठमाडौं साउन, ७ –
गत बिहीबार बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना भएका  कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्यमा सुधार आएको छ । छातीमा समस्या देखिएपछि  गत बिहीबार बाँस्तोलालाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि नेता बाँस्तोलालाई  भेन्टिलेटरमा राखी उपचार गरिएको न्यूरोसर्जन डा. प्रत्युष श्रेष्ठले जनाए । शनिबार उनको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्बनडाइक्साइडको मात्रा राम्रो देखिएर स्वास्थ्यमा सुधार आएपनि   अझै केही दिन सघन कक्षमानै राखी निगारानी गर्नुपर्ने अस्पताको भनाई छ । २०६९ साल पुस १४ गते विराटनगरमा भएको कार्यक्रममा सहभागी भएकाबेला  मस्तिष्कघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा छन् । बाँस्तोलालाई  खाना तरल बनाएर  पाइपबाट खुवाउने गरिएको उनकि श्रीमती  कुसुम बाँस्तोलाले बताईन् ।  

स्वास्थ्यमा अहिले क्रमिक  सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भए पनि प्रत्येक दिन अबस्था  चूनौतिपूर्ण भएकाले अहिले यसै हुन्छ  भन्न हतार हुने डा श्रेष्ठको भनाई छ ।