बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राट्रिय ढुकुटीमा ब्रम्हलुट गर्ने चुडामणि शर्माको मुद्धा यथास्थितिमा राख्न सर्वोच्चको आदेश

बुधबार, साउन ४ २०७४

काठमाडौं साउन, ४– 
कर छुट प्रकरणमा राष्ट्रिय ढुकुटी माथि लुट मच्चाएका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बिशेष अदालत बिरुद्ध सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी  मुद्दामा सर्वोच्चले सुनुवाई गर्दै  यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाश राउतको संयुक्त इजलासले यो मुद्दालाई पूर्ण इजलासमा पठाउँदै उसैले निर्णय गर्ने आदेश गरेको हो।  गम्भीर कानुनी प्रश्न भएकाले यो मुद्दा पूर्ण इजलासमा पठाएको सर्वोच्चले जनाएको छ। अख्तियारले पक्राउ गरी थुनामा राखेका शर्मालाई पूर्ण इजलासले निर्णय नगरुन्जेल अख्तियारकै हिरासतमा राख्न पनि आदेश गरेको छ ।  बिशेष अदालतले ३ अर्ब धरौटी तोकेका अभियुक्त शर्मा श्रीमतीको पहलमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी  मुद्दा मार्फत छुट्कारा पाएर उन्मुक्ती उाउने दाँउमा थिए । सर्वोच्चको यो निर्णयसँगै उनको सपना हुरीले उडाएको छ ।  सर्वोच्चमा  दर्ता गर्न लगाएका थिए । लागे पनि सर्वोच्चले उन्मुक्ती देला या नदेला त्यो भने हेर्न बाँकी छ । गत सोमबार न्यायाधीस चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासले मुद्दाको सुनुवाई गर्दा समय अभावका कारण हेर्दाहेर्दैमा राखेर आज बुधबार सुनुवाई गरिएको हो  ।  शर्माकी श्रीमती कल्पना उप्रेतिले गत मंगलबार विशेष अदालतलाई विपक्षी बनाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाईको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।