बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यस्ता छन् एसपीमा बढुवा हुने ३५ डिएसपी (सूचीसहित)

सोमबार, साउन २ २०७४

काठमाडौं साउन, २–
  ३५ जना डिएसपीलाई एसपीमा बढुवा गर्न प्रहरी प्रधान कार्यालय नक्सालले  गृह मन्त्रालयलाई सिफारिस गरेको छ। प्रहरी प्रधान कार्यालयले बढुवा समितिको निर्णयअनुसार ३५ डिएसपीलाई एसपीमा बढुवा गर्न  गृह मन्त्रालयलाई सिफारिस गरेको हो।

 महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाह डिएसपीबाट एसपीमा बढुवाका लागि  पहिलो नम्बरमा सिफारिसमा  परेका छन्।  महानगरीय दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा कार्यरत डिएसपी सुशील सिंह राठौर भने  दोस्रो नम्बरमा  परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै, अञ्चल प्रहरी कार्यालय भेरीका डिएसपी माधवप्रसाद श्रेष्ठ, महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा कायरत डम्बर बहादुर बिक, प्रहरी प्रधान कार्यालय बजेट शाखाका गणेश चन्द, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका उमा प्रसाद चतुरबेदी पनि एसपी बढुवाको  सिफारिसमा परेका छन् । 

त्यसै गरी, डिएसपीहरु ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालय कुमार श्रेष्ठ, बिमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, केदार रजौरे, मनोज कुमार केसी, रवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट र मनोजकुमार यादवलाई पनि एसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले जनाए । 

यस्तै, किसनसिंह थापा, गोबिन्द थपलिया, रविराज खड्का, सुदर्शन प्रसाद कोइराला, विनोद घिमिरे, जिवनकुमार श्रेष्ठ, दिपक रेग्मी, दिपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, रामेश्वर प्रसाद यादव, दिलिपसिंह देउवा र सजिव शर्मा दास पनि एसपीका लागि वढुवाको सिफारिसमा परेका छन्।